
काठमाडौँ २९ कात्तिक | मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मौन अवधिको समयमा कुनैपनि कार्यक्रम भएमा गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय हुनेछ ।आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताएका छन् ।
आयुक्त भण्डारीले उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा सचेत हुन आग्रह समेत गरेका छन् । मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुदैछ ।
आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि गर्न नपाउने उल्लेख छ । मंसिरको १ गते राति १२ बजे पछि यसलाई मत देउ, यसलाई नदेउ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देउ, नदेउ भन्न पाइँदैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे