
काठमाडौँ ,२८ कात्तिक | गोरखा–२ मा नेकपा (एमाले) चुनावी प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ। पालुङटार नगरपालिका–७, च्याङलीको म्याङगो गार्डेन रिसोर्टमा आइतबार राती खाना खाँदै गर्दा एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्ले माथि आक्रमण भएको हो।
कुटपिटबाट काफ्ले गम्भिर घाइते भएका छन्।उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएइएको छ भने थप उपचारका लागि काठमाडौँ लगिएको छ। उनीसँगै एमालेकै खेलकुद महासंघका केन्द्रीय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन्।
आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे