
काठमाडौँ ,२७ कात्तिक | चितवनरमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चुनावी टोलीमाथि आक्रमण गरेको छ ।लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको सो पार्टीले जनाएको छ।
प्रहरीका अनुसार लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको सो गाडी तोडफोड भएको हो ।उक्त घटना लगत्तै आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको थियो ।
सभापति लामिछानेले कुटपिट र तोडफोडको घटनामा संलग्नहरूमाथि निष्पक्ष छानविन गरी कारबाहीको माग गरेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडी तोडफोड गर्नेहरुकाे खाेजी भइरहेकाे छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे