
काठमाडौँ ,२७ कात्तिक | नेपालले सन् २०२७ को अन्डर–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने भएको हो ।यो प्रतियोगिता नेपाल र बंगलादेश मिलेर गर्नुपर्नेछ । सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले आयोजना गर्ने भएका छन् । आईसीसीले नेपाललाई महिला क्रिकेटतर्फकै ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर दिएको हो ।
त्यस्तै २०२४ को यू–१९ पुरूष विश्वकप श्रीलंकाले र सन् २०२६ को पुरूष यू–१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने भएका छन् ।
आईतबार आईसीसीले २०२७ मा महिलातर्फको यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे