
काठमाडौं, कात्तिक २७ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने निर्णय सार्वजनिक गरेको हो ।
यि सवारी साधनले अनुमति पत्र लिनु नपर्ने
>बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल,
>खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन,
>दूध बोक्ने सवारी साधन,
>सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
>दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,
>अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,
>निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,
-तरकारी, फलफूल तथा विद्युत् सेवक लागि प्रयोग हुने सवारी साधन,
>कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,
>विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,
>सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,
>आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे