• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१२ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१३ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१५ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१५ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१७ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१७ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१७ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१७ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१८ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१९ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
राससप्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)

मकवानपुर १ : रोचक बन्दै चुनावी प्रतिस्पर्धा

  • 2,536 Views
  • मकवानपुर, कात्तिक २६  । संसदीय आम निर्वाचन नजिकिँदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरूले प्रकाश पार्दै आएका छन् ।

    मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको सूर्य चिह्नबाट र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । त्यस्तै, क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस (बिपी) बाट सुरेन्द्र भट्टराई, नेमकिपाबाट शान्तलाल भैलसहित २६ जना चुनावी मैदान होमिनुभएको छ ।

    क्षेत्र नम्बर १ को (१) र (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) र आनन्दराम पराजुलीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको छ । नेकपा एमालेको तर्फबाट कमल विष्ट र एकलाल श्रेष्ठ हुनुहुन्छ । राप्रपाका तर्फबाट सागर थापा (१) र गुञ्जनबहादुर न्यौपाने (२) प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धामा रहनुभएको छ ।

    मकवानपुरमा तीन लाख सात सय ५८ मतदाता छन् । जिल्लामा तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १ मा पुरुषतर्फ ७४ हजार नौ सय ३०, महिलातर्फ ७५ हजार दुई सय २१ र चार जना तेस्रो लिङ्गी मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

    यो क्षेत्रमा बागमती, बकैया, मकवानपुरगढी गाउँपालिकाको आधा भाग, हेटौँडा उपमहानगरपालिकाको १ देखि १९ मध्ये १, ३, ११ र १९ नम्बरबाहेक अन्य १५ वडा रहेको छ । राष्ट्रिय राजनीतिमा नेतृत्व प्रदान गर्न सक्ने र जनताप्रति सधैँ उत्तरदायित्व बोध गर्ने व्यक्तिलाई छनौट गरेर मतदान गर्नुपर्ने समय आएको भीमफेदी गाउँपालिका–४ निवासी समाजसेवी ओमबहादुर थापाले बताउनुभयो ।

    मकवानपुरको चिसापानीगढी एवम् मकवानपुरगढीको ऐतिहासिक प्राचीन धरोहरलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै हेटौँडामा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने लक्ष्य र जनतालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्ने सक्षम नेतृत्व गर्ने व्यक्तिलाई मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाउनुपर्ने मतदाताको भनाइ छ । निर्वाचनमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आवतजावत गर्ने व्यक्तिलाई छनौट गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका–१२ का समाजसेवी तोयनाथ अधिकारीले बताउनुभयो ।

    संविधानसभा सदस्य एवम् एमाले नेता अनन्तप्रसाद पौडेलले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न विभिन्न राजनीतिक दलका उम्मेदवारले आचारसंहिता पालना गरेर प्रत्येक मतदातालाई आफूले इच्छाएको योग्य क्षमतावान् उम्मेदवार स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्ने मौका दिन आग्रह गर्नुभयो ।

    मकवानपुरमा तीन सय ६४ मतदान केन्द्रबाहेक दुई छुट्टाछुट्टै अस्थायी मतदान केन्द्रको स्थापना गरिएको छ । जसमध्ये कैदीबन्दीको लागि भीमफेदी कारागार, निजामती कर्मचारी र तेस्रो लिङ्गीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसरमा मतदान केन्द्र कायम गरी मतदानको लागि मतदान केन्द्रको निर्माण कार्य सुरु भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताउनुभयो ।

    मकवानपुर क्षेत्र नम्बर १ र २ गरी लोकतान्त्रिक वाम गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपालगायत विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६९ उम्मेदवार चुनावी मैदानमा होमिका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ४३ रहेको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ ।

    आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचन सन्दर्भमा मकवानपुरको विभिन्न मतदान केन्द्रको सुरक्षा प्रदान गर्न नेपाली सेना जिल्लाको विभिन्न स्थानीय गाउँपालिका पायक गर्ने स्थानमा खटिइसकिएको र म्यादी प्रहरी विभिन्न ६२ प्रहरी चौकीमा पुगिसकेको छ । यही कात्तिक २८ गतेदेखि नेपाल प्रहरीको टोली निर्वाचन सामग्री लिएर विभिन्न मतदान केन्द्रमा प्रस्थान गर्ने भएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले राससलाई बताउनुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १२ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १३ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १५ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १५ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १७ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १७ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १७ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १७ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution