
काठमाडौँ, २६ कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको नाइटक्लबमा पुगेका छन् । केही सहयोगीहरुसहित अध्यक्ष ओली नयॉ ऱ्याप गीत सार्वजनिक गर्न काठमाडौँको एलओडी नामक नाइटक्लब पुगेका हुन्।
काठमाडौँको ठमेलस्थित एलओडीको मञ्चमा रातो ज्याकेटमा उनी एक्कासि देखापर्दा क्लबमा भेला भएकाहरु छक्क परेका थिए । शुक्रबारको राति भएकाले नाइटक्लबमा युवायुवतीहरुको निकै भिडभाड पनि थियो । ओली सो क्लबमा बोल्दै गरेको र हात हल्लाएर उपस्थितहरुलाई अभिवादन गर्दै गरेको तस्वीरहरु आफ्नो पेजबाट सार्वजानिक गरेका छन् ।
उक्त गीतलाई नेकपा एमालेले आगामी निर्वाचन लक्षित बनाएको हाे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे