
काठमाडौँ , २५ कात्तिक |राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि आज काठमाडौंमा आमसभा गर्ने भएको छ । राप्रपाका पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागिएको हो ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे