• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

९ घण्टा अघि
२

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

१३ घण्टा अघि
३

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

१३ घण्टा अघि
४

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१६ घण्टा अघि
५

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

१८ घण्टा अघि
६

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

१९ घण्टा अघि
७

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१ दिन अघि
८

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१ दिन अघि
९

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
१०

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२ दिन अघि
११

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

२ दिन अघि
१२

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ कार्तिक २३, बुधबार (३ साल अघि)

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

  • 2,962 Views
  • बैतडी ,२३ कात्तिक । शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । चार पटक मुलुकको कार्यकारी पद सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लासमेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा रहेका छन् । कुँवरसित एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् ।

    यी दुवै बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । विसं २०७० र २०७४ को निर्वाचनमा विजयी भएर अर्थराज्यमन्त्रीसमेत भइसकेका भण्डारी तेस्रो पटक जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा छन् । भण्डारीको पक्षमा माहोल बनाउन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि बैतडीमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

    विसं २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा भण्डारीलाई अहिलेका प्रतिस्पर्धी कु्ँवरले सघाएका थिए । तर सत्ता गठबन्धनका कुँवर र एमाले उम्मेदवार भण्डारी २०६४ र २०७० मा पनि प्रतिस्पर्धी रहेका थिए ।
    त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार कुँवरको पक्षमा माहोल बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज यहाँ आउने कार्यक्रम तय भएको छ ।

    विसं २०६४ मा कुँवरले भण्डारीलाई पराजित गरेका थिए । विसं २०७० सालमा बेहोरेको हारको बदला लिने दाउमा कुँवर रहेका छन् । कुँवरलाई कांग्रेसको साथ छ । विसं २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गरेका थिए भने २०७० सालमा दुई वटा निर्वाचन क्षेत्र रहेका बेला भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरेका थिए ।

    गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन दलको मत ५० हजार मत छ भने एमालेको ३५ हजार मत छ । गठबन्धन दलभित्रको असन्तुष्टिको फाइदा आफुलाई हुने भण्डारी बताउँछन् ।

    माओवादी केन्द्र साङ्गठनिक रुपमा कमजोर देखिएको छ । तर सत्ता गठबन्धनको साथ रहेकाले निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउनेमा कुँवर आशावादी छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने स्थानीय तहको सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा पराजित देवबहादुर चन्दलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

    विसं २०४० देखि २०५९ सम्म गरी चार पटक प्रधानमन्त्री भइसकेका थिए । लोकेन्द्रबहादुर चन्द यहाँबाट २०५१ सालमा निर्वाचित भएका थिए । उनी २०४० साल, २०४६, २०५३ र २०५९ सालमा मुलुकको प्रधानमन्त्री भएका थिए । पूर्वप्रधानमन्त्री चन्द २०६४ सालमा समानुपातिकतर्फबाट सांसद थिए । विसं २०७० को निर्वाचनमा उनी पराजित भए । सोही समयमा उनका छोरा जयन्त चन्द भने समानुपातिक सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्टले बताए ।
    आसन्न निर्वाचनमा मत माग्न पूर्वप्रधानमन्त्री पुुत्र एवं पूर्वमन्त्री जयन्त चन्द बैतडीमा घरदैलोमा व्यस्त छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था निकै कमजोर देखिएकाले आसन्न निर्वाचनमा जित निकाल्न कठिन हुने बताइन्छ । राप्रपाले गत स्थानीय तहको निर्वाचनमा पूर्वप्रधानमन्त्री चन्दको वडा सूर्नाया गाउँपालिका–२ मा मात्रै वडाध्यक्षसहित सदस्य जितेको थियो ।

    “बैतडीमा पालिका निर्वाचनमा पूर्वप्रमको वडामा मात्रै हामी प्यानलसहित विजयी भयौँ”, भट्टले भने, “एकाध ठाउँमा वडासदस्यबाहेक प्रतिस्पर्धामा सहभागी मात्रै भइयो ।” विसं २०४८ मा तीन क्षेत्र रहेकोमा तीनवटैमा कांग्रेस विजयी भएको थियो ।

    विसं २०५१ को मध्यावधि निर्वाचनमा दुईटै निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विजयी भएका थिए । त्यो बेला चन्दले एउटा क्षेत्र छोडे । त्यसपछि उपनिर्वाचनमा भने कांग्रेसका केशवबहादुर चन्द विजयी भए ।

    आसन्न निर्वाचनमा कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि देखाएका केशवबहादुर चन्द प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रहेका छन् । उनीलाई कांग्रेसले कारवाही समेत गरेको छ ।

    नेपाली कांग्रेस बैतडीका सभापति एवं सत्ता गठबन्धन निर्वाचन समितिका संयोजक चतुरबहादुर चन्दले स्थानीय तहको मत सङ्ख्या हेर्दा गठबन्धनले सहज रुपमा जित्ने दाबी गरे । “माओवादीको स्थानीय तहको मतसंख्या र उम्मेदवारका हिसाबले कमजोर उम्मेदवार भए पनि दुवै पार्टीको मतभारका कारण जित्ने अवस्था छ ।” उनले भने, “सत्ता गठबन्धनको सबैको प्रयास र मेहनतले निर्वाचन जित्छौँ ।”

    उता गठबन्धनभित्रको असन्तुष्टि र दश वर्षसम्म आफूले गरेको काम नै आफ्नो जित्ने आधार रहेको एमाले उम्मेदवार भण्डारीको छ । “दश वर्षको काम जनताले देखेका छन् ।” उनले भने, “समृद्ध बैतडीको सङ्कल्प लिएर चुनावमा होमिएका छौँ ।”

    सत्ता गठबन्धनका उम्मेदवार कुँवर भने गठबन्धन एकढिक्का भएर चुनाव होमिएको बताउँछन् । “टिकटका लागि गठबन्धनमा सामेल सबै दलका नेता लागेको भए पनि अहिले कुनै असन्तुष्टि छैन, सबै एकजुट भएर निर्वाचनमा होमिएका छौँ ।” उनले भने, “गठबन्धन चुनावका लागि मात्र नभई संविधानको रक्षाका लागि भएकाले हामी जित्छौँ ।” मुख्य प्रतिस्पर्धी दलहरू यहाँ नेपाल–भारत सीमा झुलाघाटमा पक्की पुल, पञ्चेश्वर परियोजनालगायत बैतडीको समग्र विकासका एजेन्डा अघि सारेर चुनावी मैदानमा होमिएका छन् ।

    दश पालिका रहेको बैतडीमा आसन्न निर्वाचनमा एक लाख ५० हजार एक सय ५६ मतदाताले मतदान गर्नेछन् । प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनका कुँवर, एमालेबाट भण्डारीसँगै स्वतन्त्रबाट केशवबहादुर चन्द चुनावी मैदानमा छन् ।

    यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिस्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोसाईं, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमारहेका छन् ।

    प्रदेशसभा ‘क’मा कांग्रेसका वीरबहादुर विष्ट र एमालेका सुरेन्द्र पाल तथा प्रदेशसभा ‘ख’मा कांग्रेसका शिवराज भट्ट र एमालेका लिलाधर भट्टबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    ९ घण्टा अघि

  • २

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    १३ घण्टा अघि

  • ३

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    १३ घण्टा अघि

  • ४

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    १६ घण्टा अघि

  • ५

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    १८ घण्टा अघि

  • ६

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    १९ घण्टा अघि

  • ७

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १ दिन अघि

  • ८

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १ दिन अघि

  • ९

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • १०

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution