काठमाडौँ, २३ कार्तिक । सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार हिजो मंगलबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेर ९५ हजार ४ सयमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।
महासंघका अनुसार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे