
काठमाडौँ , २३ कात्तिक | मङ्गलवार राति २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्नीच्यूडको भूकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एक/दुई दिन सतर्क रहन आग्रह गरेका छन् ।भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन उहाँ आग्रह गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका प्रेम बोहराको घर भत्किँदा ५० वर्षीय प्रेम बोहोरा, १४ वर्षीया तुल्सी बोहरा र १४ वर्षीया धनसरी बोहराको मृत्यु भएको छ । यसैगरी भगबती बोहराको घर भत्किदा ३५ वर्षीया भगवती बोहोरा, १३ वर्षीया सीता बोहरा,८ वर्षीय हर्क बोहराको मृत्यु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे