
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्पमा परेर निधन भएकाहरुप्रति दुख व्यक्त गरेका छन् ।उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भूकम्पमा परेर निधन भएका प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “दुःखद् खबर – हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”।
डोटी केन्द्रबिन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे