• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

७ घण्टा अघि
२

कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर

९ घण्टा अघि
३

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने

९ घण्टा अघि
४

म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह

१0 घण्टा अघि
५

शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता

१0 घण्टा अघि
६

राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्

११ घण्टा अघि
७

रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

११ घण्टा अघि
८

रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड

१२ घण्टा अघि
९

राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए

१२ घण्टा अघि
१०

रास्वपाको सचिवालय बैठक जारी

१२ घण्टा अघि
११

प्रतिनिधि सभाको बैठक बस्दै , सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

१३ घण्टा अघि
१२

संसद भवन परियोजनामा कर छुट र मूल्य समायोजन विवाद, सर्वोच्चमा मुद्दा

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)

डडेल्धुरामा प्रधानमन्त्रीका चार दिन: मतदाताका अपेक्षादेखि देउवाका योजनासम्म

  • 3,143 Views
  • काठमाडौँ  ,२२ कात्तिक | पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ।

    त्यसो त भौगोलिक रुपले पनि सात पहाडी जिल्लाको पायक पर्ने स्थानमा अवस्थित छ डडेल्धुरा।  विसं २०४८ संसदीय निर्वाचनदेखि अनवरतरुपमा जिल्लाको प्रतिनिधित्व गर्दै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मस्थल यही जिल्ला हो।

    नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गरेका देउवा अहिले माउ पार्टी कांग्रेसकै सभापति छन्। उनी नै आगामी मङ्सिर ४ मा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।

    प्रतिनिधिसभामा यो उहाँको सातौँ पटकको उम्मेदवारी हो। यसअघि छ पटक उनी यसै क्षेत्रबाट निर्वाचित भएका छन् र मुलुकको गृह हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। त्यसैले आसन्न निर्वाचनमा पनि यहाँका जनताले उनलाई नै चयन गर्नेमा उनी ढुक्क छन्। सात स्थानीय पालिका रहेको डडेल्धुरामा यस पटक निर्वाचन लक्षित चारदिने कार्यक्रम सकेर धनगढी फर्किनुभएका प्रधानमन्त्री देउवाले गृह जिल्लाको समग्र विकासका जन आकाङक्षानुसार अघि बढ्ने योजना मतदाताहरुलाई चुनावी सभाका क्रममा सुनाए।

    गत बिहीबार डडेल्धुरा सदरमुकाम खलङ्गामा पहिलो चुनावी सभामा सम्बोधन गरेका देउवाले सत्तागठबन्धनका उम्मेदवारसहित सबैजसो पालिका पुगेर मत मागे। आइतबार भित्रीमधेसस्थित जोगबुढामा चुनावीसभामा अन्तिम सम्बोधनपछि गृह जिल्लाबाट बिदा भएर धनगढी आएका प्रधानमन्त्री देउवाको चुनावी भेटघाट नियमित छ। विसं २०४८ को संसदीय निर्वाचन जितेपछि जितको यात्रालाई साताैंपटक निरन्तरता दिने तयारी रहेका देउवालाई यस पटक भने विगतका निकटतम प्रतिद्वन्द्वी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलको दरिलो साथ रहेको छ।

    सुरुदेखि नै देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुरावासीको यस पटकको माग भने शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेसमा नदी कटान नियन्त्रणका लागि तटबन्धदेखि महाकालीमा पुलसम्म रहेका छन्। चुनावी सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थानीयस्तरमा रहेका समस्या समधानका साथै डडेल्धुरामा मेडिकल कलेज स्थापनादेखि विमनस्थल निर्माणको विषय मतदातासामु राखे।

    डडेल्धुराको आलितालमा आयोजित चुनावीसभामा देउवाको सभामा सहभागी भएका आलिताल गाउँपालिका–४ का ९० बर्षीय बलभद्र बोहराले देउवालाई सुदूरपश्चिमको खम्बाका रुपमा चित्रण गर्छन्। ‘देउवाजी सुदूरपश्चिमको अभिभावक र हाम्रो खम्बा नै हो’, उनले भने, ‘डडेल्धुरावासीले राखेका माग उहाँले पूरा गर्दै आउनुभएको छ, उहाँप्रति नै हाम्रो आशा र भरोसा रहेको छ।’

    उनले देउवाले राज्य तथा राजनीतिमा प्राप्त गरेको सफलता सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए। ‘भित्रीमधेसमा राम्रो अस्पताल भइदिए बिरामीहरुले उपचारका लागि तराई झर्नुपर्ने थिएन’, बोहराले भने, ‘यहाँ पानीको स्रोत भए पनि सिँचाइका लागि व्यवस्था गरिदिए हुन्थ्यो, यसपालि उहाँलाई जनताले राम्ररी माग राखेका छन्, हेरौँ यो पनि उहाँले पूरा गर्नुहुनेछ।’ उनले स्थानीय खोलाको तटबन्ध निर्माण बाँकी रहेको सो विषय नेताहरुलाई दबाब दिइने बताए।

    ‘निष्ठाको राजनीतिमा खडेरी परिरहेका बेला डडेल्धुरावासी एकताबद्ध भएर लामो समयदेखि देउवालाई नै जिताउँदै आएका छन् र उहाँले पनि यहाँका नागरिकको आशा र भरोसाको सम्मान गर्दै आउनुभएको छ।’ बोहराले भने, ‘अहिले त बुवा/छोराको विचार नमिल्ने बेला देउवाजीले ठूला पार्टीबीच गठबन्धन गरेर कुशल क्षमता प्रर्दशन गर्नुभएको छ यसलाई हामीले सम्मान गर्नुपर्छ।’

    चुनावी सभामा प्रधानमन्त्रीले आफूलाई मात्र नभई प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवारलाई समेत मत माग्दै हिँडे। ‘मै सित माओवादी नेता खगराज भट्टजी तीनपटक निर्वाचन हारे’, देउवाले भने, ‘यसपटक गठबन्धनबाट उहाँलाई जिताउनुहोस, सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने छ।’

    उनले विगतको राजनीति लडाइँ बिर्सेर आगामी दिनमा स्थायी सरकारका लागि पनि गठबन्धन आवश्यक रहेको विषयमा मतदातालाई आश्वस्त पारे। चुनावी सभाका क्रममा यहाँको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर, अजयमेरु गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनलाई नै मत मागे।

    डडेल्धुरामा नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट प्रदेशसभा (क) मा माओवादी नेता खगराज भट्ट र (ख) मा नेपाली कांग्रेसका नेता प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज जोशी उम्मेदवार छन्।

    आलितालका गाउँपालिकाका ७६ बर्षीय रामसिंह बोहराले देउवाले सुदूरपश्चिमलाई मूलधारसित जोड्न कर्णाली पुल बनाउनेदेखि यहाँका ठूला विकासमा पहल गरेको बताए। ‘सुदूरपश्चिमलाई देश चिनाउनेदेखि यहाँको विकासका लागि उहाँको ठूलो भूमिका छ’, उनले भने, ‘अहिले पनि डडेल्धुराको विकासका धेरै योजनाहरु जारी छन्।’ बुबाका पालामा टनकपुरबाट भारी बोकेर नुन यहाँ पुर्‍याउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ।

    ‘सडक पूर्वाधार गाउँगाउँसम्म बने र घर–घरमै नुन पुगिरहेको अवस्था छ’, बोहराले भने, ‘उपचारका लागि मात्रै यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता हटेको छैन।’ ९१ हजारभन्दा केही बढी मतदाता रहेको डडेल्धुरामा आसन्न निर्वाचनका लागि एक सय ३९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

    प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा यहाँबाट निर्वाचित भइसकेका छन् र पाँच पटकसम्म मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। सोह्र वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ सालको निर्वाचन यहाँबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने कांग्रेसका एक्ला नेतासमेत हुन देउवा।

    डडेल्धुराका सबै पालिकाका सडकपूर्वाधार, विद्युत्, खानेपानी, सिँचाइ लगायतका विकासका काम भइसकेका छन्। भने अहिले देउवाले जोगबुढा क्षेत्रमा नदी कटान नियन्त्रण, महाकालीमा पक्की पुल, मेडिकल कलेज स्थापना, विमानस्थल निर्माण लगायतका विकासका योजना अघि सारेको नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना
    ७ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर
    ९ घण्टा अघि

  • ३

    प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने
    ९ घण्टा अघि

  • ४

    म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह
    १0 घण्टा अघि

  • ५

    शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता
    १0 घण्टा अघि

  • ६

    राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्
    ११ घण्टा अघि

  • ७

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा
    ११ घण्टा अघि

  • ८

    रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड
    १२ घण्टा अघि

  • ९

    राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए
    १२ घण्टा अघि

  • १०

    रास्वपाको सचिवालय बैठक जारी
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ४

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा
    ५

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

    नेपाल नक्सा
    ६

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution