
काठमाडौँ, कात्तिक २१ | दोलखा, गौरीशंकर गाउँपालिका-६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई १ थान भरूवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
निमपासाङ र सोही ठाउँ बस्ने उनकै काका नाता पर्ने पासाङ शेर्पाबिच झै-झगडा भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पासाङ शेर्पासँग सोधपुछ गर्दा निमपासाङले सामान्य बादबिबादमा भरुवा बन्दुक बोकी आएको भन्ने बताएपछि निमपासाङलाई उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे