
काठमाठौँ ,१९ कात्तिक | जनता समाजवादी पार्टी (जसपा) ले आगामी निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकतालाई पनि उल्लेख गरिएको छ ।
विकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने र यसका लागि पाँच वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
अध्यक्ष उपेन्द्र यादवले आन्दाेलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेकाे र अब आर्थिक विकास र सम्मृद्धिकाे आन्दाेलनमा जानु पर्ने बताए । उनले आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न चुनावी घोषणापत्र उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे