
काठमाडौँ, कात्तिक १७। राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ ।अध्यक्ष रवी लामिछानेले संसदमा जान तम्तयार रहेको बताएका छन् । आज चुनावका ‘ वाचा पत्र’ सार्वजनिक गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।
उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए ।राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा पात्रमा कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।
वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ । अध्यक्ष लामिछानेले भने, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’
नेपाली जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे