
काठमाडौँ, १६ कार्तिक। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ की गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराई भोट माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् ।
नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लड्न लागेकी मानुषीले बुधबार बिहान नेता शाक्यको काठमाडौं–७ स्थित निजी निवासमा पुगेर भोट र आशीर्वाद मागेकी हुन् ।
भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग–अलग भए पनि नमिली सुखै नभएको बताइन् ।मानुषीले पनि अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै उनले सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् ।स्वस्थ प्रतिष्पर्धा हाम्रो राजनीतिक संस्कार भएको उनको जिकिर छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे