
काठमाडौँ, १५ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको आगामी निर्वाचन विथोल्ने निर्णय गरेको छ।
मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले चुनाव खारेज गर्ने निर्णय गरेको बताए । बुढामगरले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्र्तिकमा बसेको दोस्रो बैठकको निर्णयले चुनाव विथोल्ने निर्णय गरेको बताए ।
उनले देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको पनि बताए ।पार्टीले निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने पनि उनले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे