
काठमाडौँ, १२ कार्तिक । चितवनको माडी नगरपालिका-४ घोसरीमा खुकुरी प्रहार गरेर एक जनाको हत्या गरिएको छ।मदिरा सेवन गरेर ३२ वर्षीय जीवन नेपालीको आफ्नै घरमा आज राती एक बजे खुकुरी प्रहार गरेर हत्या गरिएको हो।
हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ ।
मृतक नेपालीको टाउकोमा चोट लागेको छ। घटना स्थलमा खुकुरी समेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे