• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव

१२ घण्टा अघि
२

सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ

१३ घण्टा अघि
३

चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप

१४ घण्टा अघि
४

रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव

१४ घण्टा अघि
५

आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा

१५ घण्टा अघि
६

अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत

१५ घण्टा अघि
७

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम

१६ घण्टा अघि
८

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित

१६ घण्टा अघि
९

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ

१६ घण्टा अघि
१०

नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

१८ घण्टा अघि
११

रेमिट्यान्सको नाममा खेल,अर्बौँ पठाउने कम्पनीकै पैसा अड्कियो, कसले खायो हिसाब ?

२२ घण्टा अघि
१२

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ कार्तिक १०, बिहिबार (३ साल अघि)

यमपञ्चकको पाँचौँ दिन आज भाइटीका

  • 3,920 Views
  • काठमाडौँ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

    यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

    भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

    आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले सुनाए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ।

    यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। बिहान ८:४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन्।

    तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

    आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाए।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

    दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

    दिदी-बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ।

    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    खञ्जनेश्वर महादेवमा भक्तजन

    यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए।

    “विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने।

    विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि विसं २०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो। बालगोपालेश्वर मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो।

    भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव
    १२ घण्टा अघि

  • २

    सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ
    १३ घण्टा अघि

  • ३

    चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप
    १४ घण्टा अघि

  • ४

    रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव
    १४ घण्टा अघि

  • ५

    आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा
    १५ घण्टा अघि

  • ६

    अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत
    १५ घण्टा अघि

  • ७

    अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम
    १६ घण्टा अघि

  • ८

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित
    १६ घण्टा अघि

  • ९

    प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ
    १६ घण्टा अघि

  • १०

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

    नेपाल नक्सा
    ४

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ५

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

    नेपाल नक्सा
    ६

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution