
काठमाडौँ, ६ कार्तिक । यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चकको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको हो । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा र यमराजको अत्यन्त प्रीय भक्त पनि लिइन्छ ।आज कागलाई मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ ।आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ ।
आचार्य धन्वन्तरि प्रादुर्भाव भएको यस दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाइन्छ ।जडीबुटीमा आधारित उपचार पद्धति आयुर्वेद ५ हजार वर्ष पहिले धनवन्तरीले नै सुरु गर्नु भएको शास्त्रहरुमा उल्लेख छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
वि.सं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद चिकित्सालयको स्थापना भएपछि नेपालमा धन्वन्तरि जयन्ती सङ्गठित रूपमा मनाउन थालिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे