
काठमाडौँ ,३ कार्तिक | असोज २८ गते देखि सञ्चालनमा आएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहीबार समापन गरिदैँ छ।
प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २स्३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोह गरिने र त्यस कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने छन्।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका उद्घाटने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए।आज पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुदैँछ।
१० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेश सहित समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे