
काठमाडौँ ,२ कार्तिक | झापा गौरादह नगरपालिका–८ का ३५ वर्षीय जीवन साहले भतिजलाई गोली प्रहार गरेपछि आत्महत्या गरेका छन् ।साहले विवाद हुदाँ १५ वर्षका हेमराज साहलाई गोली हानेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भतिजलाई गोली हानी फरार साहले घरभन्दा एक सय मिटर उत्तर सुकुना खोला किनारमा पुगेर आफैँले गोली हानेर ज्यान गएको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थामा फेला परेका भतिज हेमराजको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल एक थान, म्यागजिन दुई थान, गोलीको खोका एक थान र १५ राउण्ड गोली फेला पारेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे