काठमाडौँ २ कार्तिक |राजु गुरुङको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलाशमा परेको छ।
रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका गुरुङ बैकिङ्ग कसुरमा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरको थियो तर उनले आफू नभई आफू आवद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् । गुरुङ आयोगको निर्णय विरुद्ध सर्वौच्च अदालत गएका थिए ।
सर्वोच्चले मुद्दाको छलफलको लागी दुबै पक्षलाई बोलाएको छ ।
यसअघि न्यायाधीश विश्वम्भर प्याकुरेलको एकल इजलाशले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष गुरुङले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे