
काठमाडौं ,१ कार्तिक । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावकेन्द्रित ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेका छन् ।
मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् ।
निर्वाचनको समयमा पश्चिमा देशहरुमा पनि चुनावकेन्द्रित बहस हुने र आफू त्यस्तो बहसमा सहभागी हुन तयार रहेको ओलीले लेखेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे