
काठमाडौँ, २९ असोज । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्ववभर
आज विश्व हात धुने दिवस मनाइँदैछ।
नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार स् स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
यसैविच यहि अवसर राष्ट्रपति विद्यादेवी भण्डारीले शुमकामना सन्देश दिनुभएको छ । हात सफा नभएका कारणले अनेक संक्रमण लाग्ने भएकोले तिनै तहको सरकारले हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुपर्नैमा जोड दिनुभएको छ ।
‘हातको स्वच्छता स्वास्थ्यको दृष्टिलेअत्यन्तै महत्त्वपूर्ण छ। हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ’, ‘तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे