
काठमाडौँ, २७ असोज । नेकपा एमाले नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुलाई हराउन नसकिने भएपछि टिकट नदिइएको आरोप लगाएका छन् ।
पार्टीले अन्तिम समयमा टिकट नदिएपछि उठेका जिज्ञासा तथा टिका टिप्पणीका सन्दर्भमा आज काठमडौँकोच कार्की ब्याङकुटमा आयोजीत पत्रकार सम्मेलन यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले निकट अछामका नेता कार्यकर्तालाई आफुलाई कसरी हराउन सकिन्छ भनेर गुटगत बैठकबाट हराउन खोजीएको तर हराउन नसकिने भएपछि टिकटै नदिएको बताएका छन् ।
पार्टी नेतृत्वले षड्यन्त्रपुर्वक सिफारिसमै नपरेकालाई टिकट दिएको रावलको टिप्पणी छ ।केपी शर्मा ओलीकाे असंवैधानिक काम तथा कदमको विरोध गर्दा टिकट नपाएकाे रावलले बताए ।
आफनो सर्वसम्मत एकल सिफारिस गरेकोमा पनि ओलीले सुदुर पश्चिनमका नेताहरुलाई आफनो. घरमा बोलाएर पार्टी अध्यक्षले जवाफ मागेको बताएका छन् ।आफुले अछाममा निर्वाचन भेला गर्दा ओली निकट कार्यकर्ताले रोक्न खोजेको समेत आरोप लगाएका छन् ।
रावलले चुनाव नलड्ने घोषणा र सम्पर्क विहिन भएको भनेर गलत हल्ला फिजाइएको र आफुले खण्डन गर्न परेको बताए ।आफुलाई पार्टी नेतृत्वसँग माफि नमागेसम्म टिकट नदिनेृ अत्तो थापिएको र आफुल माफि माग्नु भनेको हास्यासपद भनेर आफनो धारणा सार्वजनिक गरेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे