
काठमाडौँ , २६ असोज |मंसिर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ६५ वटा निर्वाचन क्षेत्रमा २५ सय ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार देशमा प्रतिनिधिसभातर्फ २,५३१ जना र प्रदेशसभार्तफ ३,४८१ जनाको उम्मेदवारी परेको छ ।
अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउने छन् । आयोगले आजै उम्मेदवारी फिर्ता र खारेजीपछि रहेका उम्मेदवारहरुको अन्तिम नामावली आज दिउँसो १ देखि ३ बजेसम्ममा सार्वजनिक गर्ने छ ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिइनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे