
काठमाडौँ , २५ असार | जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरी उम्मेदवारी दर्ता गरेपछि गठबन्धनमा आवद्ध दलका नेताहरु जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड दिएका छन् ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाइएको छ । बैठकमा जसपाबाट सरकारमा रहेका मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषदमा छन् ।
सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे