
काठमाडौँ ,२४ असोज |कालिकोटको तिलागुफामा आइतबार मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएसँगै उनीहरु सम्पर्कविहीन भएका थिए ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार ५३ जनामध्ये अरु भाग्न सफल भएका छन् भने १३ जनालाई पहिरोले बगाएर तिला कर्णाली नदीमा पुर्याएको अनुमान गरिएको छ ।
अहिले बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।बेपत्ता भएका १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ४७ वर्षका कालीबहादुर शाही,६३ वर्षका धनबहादुर शाही,३६ वर्षका छत्रजंग शाही ,२८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही ,५५ वर्षका धन शाही,७६ वर्षका अलि शाही,२३ वर्षका खेमराज शाही,५७ वर्षका मानबहादुर शाही ,४१ वर्षका मोतिलाल शाही,५६ वर्षका परबहादुर शाही, २४ वर्षका नरेश शाही,२३ वर्षका प्रशान्त शाही रहेका प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे