
काठमाडौँ ,२४ असोज | २०७२ साल भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान लिएको आरोपमा जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम भने हुने छैन।
चौधरीले वारेसमार्फत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बर्दिया निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि आइतबार प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गराएका छन्।निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार जेलमा भएकाले पनि उम्मेदवारी दिन पाउँछन्। तर कानुनअनुसार उम्मेदवारी कायम हुदैन ।
नेपालको कानुन अनुसार कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैद सजाय पाएको र त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवारका लागि अयोग्य हुने छन् ।अदालतको फैसला अनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म थुनामा बस्नुपर्ने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे