
काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावमा उठाउने निर्णय गरेको हो ।
गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसले पाउनेगरी सिट वाँडफाट भएको छ ।
गोरखा क्षेत्र नं २ बाट चुनावमा प्रचण्डलाई उठाउने निर्णयको स्वागत गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजयको शुभकामना दिएका छन्।
भट्टराईले सामाजिक सञ्जाल मार्फत गोरखा–२ मा प्रचण्डको उमेदवारी निकै ठूलो सांकेतिक महत्व भएको बताएका छन् ।
‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाॅको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाॅको शानदार विजयको हार्दिक शुभकामना!, ‘उनले भनेका छन् ।’
गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई र २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे त्यही क्षेत्रबाट विजयी हुनुभएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे