
काठमाडौँ, २२ असोज । बडादशैंको टीकाको चौथो दिन आजपनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्नेक्रम जारी रहेको छ ।दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ ।
घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ ।सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ ।
ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैंमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ ।दशैंले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ ।
यस वर्षको दसैँमा कोरोना महामारीको प्रभाव रहे पनि टीका तथा प्रसाद ग्रहण गर्ने क्रम भने जारी रहेको छ ।परिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे