
काठमाडौँ, २० असोज । नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज विहान १० बजे नेपाल आइपुग्ने बताएका छन् । लामिछानेले सामाजिक सञ्जाल मार्फत आफु पुर्व निर्धारित प्रतिबद्धता अनुसार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताएका ह्न ।
उनले पहिले नै नेपाल प्रहरीलाई आफु नेपाल आउन लागेको जानकारी गराइसकेको र नेपाल ओलर्ने वित्तिकै प्रहरी समक्ष आत्समर्पण दिने पनि बताएका छन् ।
उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न र डटेर यसको सामना गर्नै बताएका छन् ।
गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे