
काठमाडौँ, १४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैं पर्वको शुभकामना दिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार भिडियो सन्देश मार्फत दशैंको शुभकामना दिदै सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् ।
भिडियोमार्फत् शाहले समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दशैं पर्वको आदर्श भएको बताएका छन्। यस्तै उनले अहिलेको।समय देशभक्त नेपालीहरुका लागि सजिलो नरहेको बताएका छन्।
शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले भ्रष्टाचारले शासक पथभ्रष्ट हुँदै गएको टिप्पणी गरेका छन् ।
‘प्यारा नेपाली दिदिबहिनी तथा दाजुभाई, समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दशैं पर्वको आदर्श हो। हाम्रो संस्कार र व्यवहारमा दशैं मनाउँदा विद्यमान पद्धति र जीवनप्रकृतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ। शान्ती होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् दशैं पर्वको यहि आशय हो। त्यसैले यस पावन अवसरमा देश भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन।राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरुको चोखो चाहना परिपुर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन्। जय नेपाल, शाहले भनेका छन् ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे