
धनकुटा ९ असोज । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । गठबन्धनको सीट बाँडफाँटमा असहमति रहेको र माओवादीले धनकुटाको प्रतिनिधिसभा सिट नपाउने भएपछि धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
साथै पोलिटव्युरो सदस्य हेमराज भण्डारी ९सुदर्शन० लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय समेत गरेको छ ।यस बिष्यमा जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राईले आज प्रेस विज्ञप्ति जारी गरेका छन् ।
असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राईले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे