काठमाडौँ, १ असोज । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले आज काठमाडौँमा पदयात्रा गरेको छ ।काठमाडौँको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलमा बिहान ७ बजे पदयात्रा सुरू भएको थियो । उपत्यकाका विभन्न स्थानबाट सुरु भएको पदयात्रा वसन्तपुर पुगेर विसर्जन भएको छ ।
नयाँ बानेश्वरको नेतृत्व अध्यक्ष ओलीले गरेका थिए।पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
उपत्यकाका विभन्न स्थानबाट सुरु भएको पदयात्रा वसन्तपुर पुगेर विसर्जन भएको छ ।वसन्तपुरमा विसर्जन भएको पदयात्रालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गरेर समापन गर्ने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे