काठमाडौँ ,२७ भदौ|चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् ।उनी विशेष विमानबाट अपराह्न काठमाडौँ आएका हुन । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरे । विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु उपस्थित थिए ।
वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदानका साथै नेपालको न्याय प्रणाली बलियो बनाउन चीन सरकारले आगामी दिनमा पुराउँन सक्ने सम्भावित सहयोग र सहकार्यका सम्बन्धमा छलफल हुने छ । अध्यक्ष नेता लीले भोलि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको कार्यसूचीमा उल्लेख छ ।
उनले भोलि बुधबार शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अध्यक्ष लीले नेपालमा रहिरहदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे