२०८० आश्विन १४, आईतबार
काठमाडौँ ,२ जेठ | नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने समेत उनले बताए ।मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
डा. महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताए । प्रवक्ता डा. महतले भने , ‘मञ्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन ’ । यस प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको उनले बताए ।
उनले जो कोही भएपछि यस प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे