२०८० मंसिर १४, बिहिबार
काठमाडौँ १० असोज | नेपालले मंगोलियमाथि विश्व किर्तीमानसहितको जित निकालेको छ । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।
यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो।यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको थियो।
यो विश्व टी-२० क्रिकेटमा कीर्तिमानी ठूलो जित हो । नेपालले यस जितमा चार विश्व कीर्तिमान बनायो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । नेपालका लागि कुशल मल्लले अविजित १ सय ३७ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे