२०८० आश्विन १७, बुधबार
बेलायत अध्ययनार्थ जाने अन्तीम तयारी मा रहेका एक सय बिध्यार्थी हरू लाई ब्राडफोर्ड ग्लोवलले एक भब्य कार्यक्रमका बिच प्रि डिपार्चर ब्रिफिङ एण्ड फेयरवेल प्रोग्रामको आयोजना गरेको छ। काठमाडौंको एभरेष्ट होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बृटिस काउन्सिलका एक्जाम डाइरेक्टर एण्ड कन्ट्रि मेनेजर म्याक्सिम रहेमान, बिशेष अतिथिमा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकास पाण्डे, पुर्ब अध्यक्ष दिपक गुरूङ लगायतका उच्च ब्यक्तित्व हरूको उपस्थित रहेको थियो। कार्यक्रममा भर्चुअली बिध्यार्थी हरू लाई प्रि डिपार्चर ब्रिफिङ दिँदै ब्राडफोर्ड ग्लोवलका अध्यक्ष पवन बिष्टले बेलायतमा अध्ययन संग संगै आफुलाई प्रोएक्टीभ बनाएर युनिभर्सिटी डिग्री सम्पन्न गर्न आग्रह गर्दै बिजयादशमीको शुभकामना ब्यक्त गर्नुभएको थियो। भर्चुअली जोडिदै युनिभर्सिटी अफ वुल्वरहम्प्टनका साउथ एसिया रिजनल हेड ब्रज भुषण झाले आफ्नो युनिभर्सिटीमा आउदै गरेका बिध्यार्थीहरूलाई स्वागत गर्नु भएको थियो। बिध्यार्थी हरू लाई बृटिस एजुकेशनको महत्व र आवश्यकताको बारेमा जानकारी गराउँदै बृटिस काउन्सिलका एक्जाम डाइरेक्टर एण्ड कन्ट्रि मेनेजर म्याक्सिम रहेमानले बिध्यार्थी हरू लाई फर्दर स्टडी को लागि शुभकामना दिनु भएको थियो। बिदेशी युनिभर्सिटीको एजुकेशन सिस्टम राम्रो सँग बुझि अध्यान पछि नेपाल फर्किन आह्वान गर्दै इक्यानका अध्यक्ष प्रकास पाण्डेले बिध्यार्थी हरू लाई उत्प्रेरणा प्रदान गर्नुभयो। त्यस्तै इक्यानका पुर्व अध्यक्ष दिपक गुरूङले बिभिन्न युनिभर्सिटीमा जाँदै गरेका बिध्यार्थी हरूलाई बेलायतमा पुगेर अपनाउनु पर्ने सावधानी र ब्राडफोर्ड ग्लोवलको सेवा राम्रो रहेको र भबिस्यमा पनि यस्तै उत्कृष्ट शैक्षिक परामर्श सेवा निरन्तरता दिन शुभकामना प्रदान गर्नु भयको थीयो। कार्यक्रममा अतिथि गण हरू लाई मायाको चिनो प्रदान गरिएको थियो भने बिध्यार्थी हरू लाई खादा ओढाई सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका सि ई ओ भुवन गिरीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम को समापन भएको थियो। कार्यक्रमको समायोजन टिआइएसी, अप्टिमस ग्लोबल, बृज इन्टरनेसनल एजुकेशन, ग्लोवल जर्नी एजुकेटरस् र तोयो एजुकेशन कन्सल्टेन्सीले संयुक्त रूपमा गरेको थिए। कार्यक्रममा मिडिया पार्टनरको रूपमा जुपिटर मिडिया, बैङ्किङ पाट्नर प्रभु बैंक, ट्राभल पार्टनर रोयल ट्राभल एण्ड टुर्स, एयरलाइन्स पार्टनर टर्कीस एयर रहेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे