२०८० आश्विन १४, आईतबार
काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र कामना सेवा विकास बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे