
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावास ले एमसीए–नेपाल तथा नेपाल सरकार सँगको सहकार्यमा एमसीसी नेपाल सम्झौताअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास कार्यक्रममा सहभागिता जनाएको छ । उक्त कार्यक्रम परियोजनाको कार्यान्वयनमा महत्वपूर्ण चरणका रूपमा लिइएको छ, जसले नेपाल र अमेरिकाबीचको सहकार्य तथा पूर्वाधार विकासमा भएको प्रगतिलाई संकेत गरेको छ ।
एमसीसी सम्झौताअन्तर्गत कुल ७४ करोड ७० लाख डलरको संयुक्त लगानी रहनेछ, जसमा मिलेनियम च्यालेन्ज कर्पोरेसन बाट ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर योगदान रहने जनाइएको छ ।
कार्यक्रममा कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम ले उक्त परियोजना केवल लगानीमा सीमित नभई नेपाल–अमेरिका सम्बन्धको सुदृढीकरण र दुवै देशका नागरिकका लागि ठोस परिणाम दिने साझा प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो ।
सडक स्तरोन्नति र विद्युत् प्रसारण परियोजनामार्फत एमसीसी सम्झौताले नेपालको सडक सञ्जाल सुधार गर्ने, यातायात खर्च घटाउने तथा विद्युत् आपूर्ति भरपर्दो बनाउने अपेक्षा गरिएको छ । साथै, दीर्घकालीन आर्थिक वृद्धि र सीमापार विद्युत् व्यापार प्रवर्द्धनमा समेत यसले सहयोग पुर्याउने विश्वास गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे