२०८० मंसिर १७, आईतबार
काठमाडौँ, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
मियालाई बिहिबार काठमाडौँबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बताएको छ। उनलाई अहिले काठमाडौँ प्रहरी परिसर लगिएको छ ।
नक्कली भुटानी प्रकरणमा सरकारी गाडी प्रयोग भएको खुलेको थियो। गृह मन्त्रालय अन्तर्गत हज समितिको उक्त गाडी पीडितलाई अन्तवार्ता लिने नाममा प्रयोगमा ल्याइएको थियो। प्रकरणमा संलग्न गिरोहले सो अन्तर्वार्ता गृह मन्त्रालयले लिएको देखाउन सरकारी नम्बर प्लेट कै गाडी प्रयोग गरेको पाइएको हो। उक्त गाडी मियाँले नै गिरोहलाई उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे