२०८० आश्विन १२, शुक्रबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् ।
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन् । मन्त्री भुसालले भनिन्, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौ ३० गते संसदबाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”
उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरिन्
मन्त्री भुसालले संसद अवरुद्ध गर्ने कार्य नाजायज भएको बताउँदै नेकपा एमाले त्यसतर्फ गम्भीर हुनुपर्ने बताइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे