२०८० आश्विन १४, आईतबार
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।
देशैभर पनि पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा उच्च कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे