२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, जेठ २८ । सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । गृहमन्त्री लामिछानेको पद निलम्बन माग गरिएको रिट न्यायाधीशहरू डा। मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा परेको हो ।
यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सहकारी ठगीमा कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधीवक्ता कार्यालयले अनधिकृत रूपमा पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
अदालतले आज अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै अधिवक्ता अनुपम भट्टराइले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे