
काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्ने चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार भएको भेटमा विश्व बैंकका नेपालका लागि देशीय निर्देशक डेभिड सिस्लेनले शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका हुन् ।
भेटमा नेपालको शिक्षा प्रणाली सुधार, विद्यालय पूर्वाधार विकास र प्रविधिमैत्री शिक्षा विस्तारका विषयमा छलफल भएको थियो । विश्व बैंकले विशेषगरी विद्यालय भवन, शैक्षिक पूर्वाधार र गुणस्तरीय शिक्षामा पहुँच बढाउने क्षेत्रमा लगानी बढाउन चाहेको जनाएको छ ।
मन्त्री पोखरेलले मन्त्रालयका प्राथमिकताबारे जानकारी दिँदै शैक्षिक पूर्वाधार सुधार, आधारभूत शिक्षा सुदृढीकरण र डिजिटल शिक्षालाई मुख्य लक्ष्य बनाइएको बताइन् । उनले गुणस्तरीय र समावेशी शिक्षा प्रणाली निर्माण सरकारको प्रमुख उद्देश्य रहेको पनि उल्लेख गरिन् ।
भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ सुधार र शिक्षा प्रणालीलाई आधुनिक बनाउने विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे