
काठमाडौं । कामना सेवा विकासबैंककाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय वालिङमार्फत श्री बालशिक्षा निकेतन आधारभूत विद्यालय मा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत एक सयभन्दा बढी विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप सहज, प्रभावकारी र प्रेरणादायी बनाउने बताएका थिए । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने धारणा राखेका थिए ।
बैंकका क्षेत्र प्रमुख ढकालले शिक्षा क्षेत्रमा सहयोग गर्नु सामाजिक दायित्वको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए । उनले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको स्पष्ट पारेका थिए ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । बैंकले सरोकारवाला निकायसँगको सहकार्यमा आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे