
काठमाडौँ । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले खुसी व्यक्त गरेका छन् । उनले लामो समयदेखि उठाउँदै आएको माग सरकारले पूरा गरेको भन्दै धन्यवाद दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले केही दिनअघि संसद्मा विज्ञान तथा प्रविधिसम्बन्धी मन्त्रालय आवश्यक रहेको विषय उठाएको स्मरण गराएका छन् । साथै, तीन हप्ताअघि प्रधानमन्त्रीलाई लिखित रूपमा पनि यस्तो मन्त्रालय गठन गर्न आग्रह गरेको बताएका छन् ।
अब मन्त्रालय गठन भइसकेपछि यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष, इमानदार र देशप्रेमी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले सुझाव र सहकार्य गर्नुपर्ने उनले बताएका छन् । पुनले नयाँ मन्त्रालयले देशमा अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
उनले सरकारलाई धन्यवाद दिँदै भावावेशमा नेताहरूप्रति व्यक्त गरेका नकारात्मक टिप्पणी र “श्राप” पनि फिर्ता लिएको बताएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे